प्रतापकोटका विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

 माघ १७, २०८०

तुलसीपुर । दाङको तुलसीपुर ३ मा रहेको माध्यामिक विद्यालय प्रतापकोटका विद्यार्थीहरुलाई शैक्षिक तथा खेलखुद सामाग्रीहरु वितरण गरिएको छ । तुलसीपुर ६ मा रहेको गोरखा माध्यामिक विद्यालयको आयोजनामा आज बुधबार विद्यालयमै पुगी एक कार्यक्रमका बिच उक्त सामाग्री वितरण गरिएको हो । तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने भएपनि भौगोलिक हिसाबले अत्यन्तै विकट क्षेत्रमा रहेको मावि प्रतावकोटमा अध्ययनरत नर्सरी देखी दुई कक्षासम्मका ३६ जना विपन्न परिवारका बालबालिकाहरुलाई सो सामाग्री वितरण गरिएको हो ।

सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काले विद्यालयको शैक्षिक विकासका लागि दा गोरखा ग्रुपको साझेदारीमा पुरा गरेको बताउनुभयो । कार्यक्रमको प्रमुख अथिती समेत रहेका प्रमुख खड्काले मावि प्रतापकोटलाई नमुना विद्यालय बनाउने सवालमा आफु प्रतिबद्ध रहेको बताउनुभयो ।

सो अवसरमा बोल्दै गोरखा ग्रुपका डाइरेक्टर दुर्गा बहादुर केसीले विकट क्षेत्रमा रहेको मावि प्रतापकोटमा अध्ययरत बालबालिकाहरुको अवस्थालाई मध्यनजर गरी विगत देखी नै सक्दो सहयोग गर्दै आएको बताउनुभयो ।

विद्यालयका प्रधानाध्यापक टेक प्रसाद भण्डारीले विपन्न बालबालिकाहरुको अवस्थालाई मध्यननजर गरी विकट स्थानमा पुगेर शैक्षिक तथा खेलखुदका सामाग्री उपलब्ध गराएको प्रति गोरखा प्रति धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सामाजिक विकास समितिका संयोजक मान बहादुर रावत, वडा नम्बर ३ का वडाअध्यक्ष विर बहादुर विक,मेट्रो कलेजका प्रमुख बसन्त आचार्य,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, गोरखा कलेजका प्रमुख पुर्ण विक्रम डाँगी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीलगाएतको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लिलामणी बाँठाको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण शिक्षक चुडामनी अधिकारीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया