नेपाल बङ्गलादेशसँग पाँच विकेटले पराजित

 माघ १७, २०८०

काठमाडौँ । आइसिसी यू-१९ विश्वकप अन्तर्गत सुपर-६ को पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा बुधबार भएको खेलमा बङ्गलादेशले नेपाललाई पाँच विकेटले पराजित गरेको हो । नेपालले दिएको १७० रनको लक्ष्य बङ्गलादेशले पाँच विकेटको क्षतिमा २५.२ ओभरमा पूरा गर्‍यो ।

नेपालका सुवास भण्डारी एक्लैले ५ विकेट लिए पनि खेल जिताउन सकेनन् । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अल आउट भएको थियो ।

तपाईंको प्रतिक्रिया