महेश्वर मन्दीरमा जारी महायज्ञमा ६ लाख बढि रकम संकलन

 माघ २१, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ प्रिगाँउ स्थित महेश्वर शिव मन्दीरमा जारी श्रीमद भागवत धनधाञ्याचल सप्ताह ज्ञान महायज्ञमा भक्तजनको उपस्थिती दैनिक बढ्दै गएको छ । मन्दीरको भौतीक पुर्वाधार निर्माण सहयोगार्थ यहि माघ १८ गते देखि सञ्चालनमा रहेको महायज्ञको आज चौथो दिन पनि दान गर्ने दाता तथा भक्तजनहरुको बाक्लो उपस्थिती छ ।

महायज्ञमा हाल सम्म ६ लाख बढि रकम संकलन भएको आयोजक समितिका कोषाध्यक्ष केशवराज केसीले जानकारी दिएका छन । तुलसीपुर उपमहानगरपालिका -६ निवासी गोमा खड्काले शनिवार मात्रै ८१,१११ रुपैया दान गरेको कोषाध्यक्ष केसीले जानकारी दिए । २५ गते सम्म सञ्चालन हुने महायज्ञमा मन्दिरमा दैनिक जसो पूजा आरधना तथा प्रवचन, झाँकि हुदै आएको छ । महायज्ञको प्रमुख बाचकमा कोमल प्रसाद उपाध्याय हुनुहुन्छ ।

तपाईंको प्रतिक्रिया