महायज्ञ सकिएपनि दान गर्ने क्रम जारी: आज सबैभन्दा बढी कुसारीले दान गरे

 माघ २२, २०८०

तुलसीपुर । मानव सेवा आश्रम निर्माणार्थ दाङको तुलसीपुरमा भएको माहायज्ञ सकिए पनि दान दिने कार्य भने जारी रहेको छ । माघ १३ गतेदेखि सुरु भएको माहायज्ञ २० गते सकिएको हो । महायज्ञ सकिए पनि सोमवार ९आज० सम्म पनि दाताहरुले दान दिईरहेको महायज्ञ मुल आयोजक समितिका संयोजक डिल्लिबहादुर बस्नतले जानकारी दिनुभएको छ । आज सबैभन्दा बढी तुलसीपुर उपमहानगरपालिका १३ बखरिया घर भई हाल टेकेसास अमेरिका बस्दै आएका टार्गेट कुसारीले दान गरेको संयोजक बस्नेतले जानकारी दिनुभयो ।

कुसारीले स्वर्गिय जिजु बुवा धन्जे कुसारी, जिजु आमा गम्भिरी कुसारी, स्वर्गिय सानिआमा पुर्णिमा बस्नेत कुसारीको पुण्य स्मृति तथा हजुर बुवा रनविर कुसारी र हजुर आमा मोति कुसारीको सम्मानमा नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ दान गरेको मुल समितिका सदस्य सचिव बुद्धप्रकास सिंहले जानकारी दिनु भएको छ ।

त्यसैगरी तुलसिपुर ५ का तुलसिराम सुनारले २५ हजार १ सय ५ रुपैयाँ, तुलसिपुर ६ का मोहन लम्सालले १५ हजार १ रुपैयाँ, तुलसीपुर ५ का दिपन्द्र कुमार श्रेष्ठले ४९ हजार ६ सय, घोराहीका गंगाराम पोख्रेलले २ हजार पाच सय ५५, नव दुर्गा सामुदायिक वन उपभोक्ता समुह तुलसिपुर ८ र ९ ले १५ हजार १ सय र तुलसीपुरकी निमा वली थापाले १५ हजार पाँच रुपैया दान गरनुभएको आर्थिक संयोजक ध्रुव गौतमले जानकारी दिनुभयो ।

यसै विच सोमवार नै दान पेटिकाको दान रकम गनना गरिएको छ । मानवसेवा आश्रमको कर्यालयमै दान पेटिकाको रकम गनना गरिएको हो । महायज्ञमा राखिएका दान पेटिकामा करिव साँढे ४ लाख रुपैया दान प्राप्त भएको छ । महायज्ञ स्थलमा राखिएका ८ वटा दानपेटीकामा दाताहरुले ४ लाख ४२ हजार २ सय ३३ रुपैया योगदान गर्नुभएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष सुष्मा गिरीले जानकारी दिनुभयो ।

सोमबार बिहान गणना गरि सम्पन्न भएका दानपेटीकामा एक ब्यक्तिले ५ हजार ५ सय ५५ रुपैया सम्म राखेको पाइएको गिरीले जानकारी दिनुभयो । दान पेटीकाको ४ लाख ४२ हजार २ सय ३३ रुपैया र ५ करोड ९ लाख १६ हजार ३ सय ९३ रुपैया गरि ५ करोड १३ लाख ५८ हजार ६ सय २६ रुपैया नगद तथा प्रतिबद्धता समेत गरि कुल संकलन भएको हो । महायज्ञबाट ५ करोड रकम संकलन गर्ने र आगामी दुई बर्ष भित्र मानव स्मारक निर्माण गर्ने लक्ष्य राखिएको थियो ।

तपाईंको प्रतिक्रिया