तुलसीपुर नगर स्तरीय कक्षा ८ को परीक्षा चैत ७ गतेदेखि

 माघ २५, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका नगर स्तरीय आधारभुत तह कक्षा ८ को परीक्षा चैत ७ गतेदेखि सञ्चालन हुने भएको छ । शिक्षा महाशाखाले आज सुचना प्रकाशित गरि परीक्षा तालिका सार्वजनिक गरेको छ । विभिन्न परीक्षा केन्द्रमा हुने परीक्षा विहान ८ बजेदेखि सञ्चालन हुने छ । यसैविच कक्षा ८ को परीक्षाबारे अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ । परीमार्जित भएर आएको वेबमा आधारित कक्षा ८ को परिक्षाको लागि इमिस सम्बन्धी अभिमुखीकरण कार्यक्रम मावि तुलसीपुर सेण्टरमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले कक्षा ८ को परीक्षामा सहभागी हुने विद्यार्थीको विवरण फरक नपर्ने गरि अनलाईन गर्नुपर्ने बताएका थिए । इमिस गत बर्ष भन्दा फरक भएर आएकोले सबै विद्यालयले समयमा नै काम गर्न महाशाखा प्रमुख भण्डारीले आग्रह गरेका थिए ।

कार्यक्रममा महाशाखाका अधिकृत मन बहादुर खड्काले परीमार्जित इमिसका बारेमा जानकारी गराएका थिए । उनले विद्यार्थीको विवरण सच्याउदै फाराम समेत सोहि वेभबाट प्रिन्ट गर्ने सकिने बताएका थिए । साथै आन्तरीक मुल्यांकनको अंक चढाई अन्तिममा परीक्षाको ईन्ट्री कार्ड समेत प्रिन्ट गर्ने बारे खड्काले जानकारी गराएका थिए ।

कार्यक्रममा तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा इमिस सम्बन्धी काम गर्ने शिक्षक कर्मचारीको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया