दाङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

 माघ २७, २०८०

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङमा जिल्ला अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० आज सनिवार देखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगिताको लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै अर्थमन्त्री मास्किले राष्ट्रको पहिचान स्थापित गर्ने एक मात्र दरिलो माध्यम खेलकुद क्षेत्रलाई मर्यादित र ब्यबस्थित गर्न आबश्यक रहेको बताउनुभयो ।

खेलकुद राष्ट्रको सान र गौरव हो यसले सिङ्गो राष्ट्रको पहिचान स्थापित गर्ने भएकाले क्षेत्रको विकासका लागि प्रदेश सरकार दत्तचित्तका साथ लागि पर्ने मन्त्री मास्किले बताउनुभयो । दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्का,बङ्लाचुली गाउपालिका अध्यक्ष सुवास पुन,दाङका प्रमुख जिल्ला अधिकारी सिबानन्द सुबेदी,न १९ बाहिनिका बहिनिपती अनिल सिह, जिल्ला प्रहरी प्रमुख राम बहादुर केसि विभिन्न खेल संघका अध्यक्ष तथा प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो ।

प्रतियोगितामा जिल्लाका १० पालिकाका झन्डै १५ सय खेलाडी तथा अफिसिलको सहभागिता रहेको छ । बिगतका वर्षमा जिल्लामा विद्यालयका तर्फबाट सहभागि हुने गरेकोमा यस बर्ष पालिका–पालिका बिच नै कडा प्रतिस्पर्धा हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालले जानकारी दिनु भएको छ। तीन दिन सम्म संचालन हुने प्रतियोगितामा तेक्वान्दो, कराते, एथ्लेटिक्स, भलिबल र कबड्डी खेलमा प्रतिस्पर्धा हुनेछन् । जिल्ला खेलकूद विकास समितिका सदस्य नोखी रावतले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण कोषाध्यक्ष ध्रुब आचार्यले गर्नु भएको थियो ।

यसैबिच एथलेटिक्स अन्तरगत आज सम्पन्न १०० मिटर दौड छात्र तर्फ लमही नगरपालिका क्षितिज एमसी प्रथम, तुलसिपुर उपमहानगरपालिकाका अर्जुन कुमार वलि द्वितिय र शान्तिनगर गाउँपालिका अमर नेपाली तृतिय भए । त्यस्तै छात्रा तर्फ घोराही उपमहानगरपालिकाका गरिमा चौधरी प्रथम,तुलसिपुर उपमहानगरपालिकाकि धवनी नेपाली द्वितिय र लमही नगरपालिकाका सुमित्रा चौधरी तृतिय भए ।यसैगरी १५०० मिटर दौड छात्रा तर्फ तुलसिपुर उपमहानगरपालिकाका मोतिकला डागी प्रथम,बबई गाउपालिकाकी अन्जु वलि द्वितिय र गढवा गाउपालिकाका अरुनिमा चौधरी तृतिय भए ।

त्यस्तै छात्र तर्फ गढवा गाउपालिकाका पुरुषोत्तम चौधरी प्रथम,शान्तिनगर गाउपालिका जीवन परियार द्वितिय र घोराही उपमहानगरका सुमन बुढा तृतिय भए । प्रतियोगिताका भोलि आईतवारका खेल बिहान साढे ९ बजे बाट सुरु हुनेछ्न ।

तपाईंको प्रतिक्रिया