मावि उरहरीमा खेल सप्ताहको शुभारम्भ

 फागुन ०३, २०८०

तुलसीपुर । तुलसीपुर -११ स्थित अमर माध्यमिक विद्यालय उरहरीमा ५६औं बार्षिक उत्सवको अवसरमा खेल सप्ताहको उद्घाटन गरिएको छ । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होताराम बस्नेतको अध्यक्षता तथा वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रावतले खेल क्षेत्रले आफुलाई चिनाउनु साथै शारीरीक रुपमा स्वस्थ्य बन्न मद्दत गर्ने बताएका थिए । साथै खेलको विकासका लागि विद्यालय तहबाट प्रयास गर्नुपर्ने बताएका थिए ।

विद्यालयका आधारभुत कोर्डिनेटर निर्मल कुमार वलीको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा प्रधानाध्यापक पदम बहादुर वली,विद्यालय ब्यवस्थापन समिति सदस्य अर्जुन बस्नेत,श्वास्थ्य चौकि बेलटाकुराका प्रमुख चित्र बहादुर वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण मावि कोर्डिनेटर यज्ञ बहादुर अधिकारीले गरेका थिए ।

फागुन ५ गते सम्म चल्ने खेल सप्ताहमा सदनात्मक रुपमा क्रिकेट,फुटवल,भलिवल,एथलेटिक्सका खेलहरु र बेलुन फोड, हाजिरी जवाफ,हिसाव दौड लगायतका प्रतियोगिताहरु हुने छन । विद्यालयले फागुन ६ गते ५६औ बार्षिक उत्सव तथा अभिभावक भेला समारोहमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरेको छ ।

तपाईंको प्रतिक्रिया