ज्ञानज्योतिमा एचएम पढ्ने विद्यार्थीले विभिन्न परिकार खुवाए

 फागुन १२, २०८०

दाङ । तुलसीपुर स्थित ज्ञानज्योति स्कुलमा होटल म्यानेजमेन्ट पढ्ने विद्यार्थीहरुले आफुले बनाएका विभिन्न परिकार अभिभावक तथा शिक्षकलाई खुवाएका छन । विद्यार्थीले पढ्दै आफुले सिकेका सिपलाई व्यवहारिक रुपमा प्रयोग गर्ने अवसर मिलेको हो । आईएसटी कलेज काठ्माण्डौको सहकार्यमा ज्ञानज्योति स्कुलले शनिबार आयोजना गरेको ‘फुड फेस्टिवल’ मा होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीले आफुले बनाउन जानेका विभिन्न परिकार बनाएका थिए ।

ज्ञान ज्योति स्कुल तुलसीपुर र इन्टरनेसनल स्कूल अफ टुरिजम होटल म्यानेजमेन्ट आईएसटी कलेज काठमाडौँको सहकार्यमा तालिमको आयोजना गरिएको हो । कलेजका सिइओ सुरेन्द्र जिसीको अध्यक्षता तथा आईएसटी कलेज प्रमुख सम्झना बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि बस्नेतले होटेल म्यानेजमेन्ट पढ्ने विद्यार्थीलाई रोजगारीका अवसर प्रशस्त रहेकोले लगनशिल हुनुपर्ने बताउनुभयो । विद्यालयका भाईस प्रिन्सिपल मनोज कुमार केसीले तत्काल रोजगारीको सम्भाव्यता भएको होटल क्षेत्र नै भएको बताउनुभयो ।

कलेजका होटल म्यानेजमेन्टका प्रमुख संयोजक बसन्त रावतले ज्ञानज्योति स्कुलले विगत १५ वर्षअघिदेखि होटल म्यानेजमेन्ट पढाउन शुरु गरेको बताउनुभयो । कार्यक्रममा विद्यार्थी पिपला सुवेदी, रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसीले गर्नुभएको हो ।

तपाईंको प्रतिक्रिया