जनकल्याण माविको ७२औं वार्षिकोत्सव

 फागुन १४, २०८०

घोराही । जनकल्याण माध्यमिक विद्यालय दुधरासले सोमवार ७२औं वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर कुसारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीको प्रमुख आतिथ्यता एंव तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक मान बहादुर रावतको विशिष्ट आतिथ्यमा एक कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । प्रमुख अतिथि अर्थमन्त्री मास्कीले शैक्षिक सुधार तथा गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयहरू शिक्षण सिकाई प्रविधि र सीपलाई विकास गर्दै लैजानु पर्ने बताउनुभयो ।

समुदाय र राज्य स्वामित्व ग्रहण गरेको सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको अवस्था अझै सन्तोषजनक अवस्थामा नपुगेकाले प्रविधि विकास र सीपमा आधारित शैक्षिक विकासको सुधार गर्दै लैजानु पर्ने बताउनुभयो । वार्षिकोत्सबको अवसरमा विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार वितरण गरेको थियो । कार्यक्रमलाई सब्य, भब्य र रमणीय बनाउनका लागि विद्यार्थीहरुले आ आफ्नो संस्कृति झल्कने खालका नृत्यहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिम बहादुर भण्डारीले बार्षिक प्रतिबेदन र लेखापाल डम्बर बहादुर वलीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष मधुकर धितालको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजीकरण शिक्षक पूर्ण पुनले गरेका थिए ।

तपाईंको प्रतिक्रिया