असल अभिभावकत्व ग्रहणको लागी डिभाईनद्धारा ‘अभिभावक सेमिनार’

 फागुन १५, २०८०

तुलसीपुर । तुलसीपुरमा रहेको डिभाइन मन्टेश्वरीले असल अभिभावकत्व सेमिनार सम्पन्न गरेको छ । अभिभावकहरुलाई उत्साह सहित असल अभिभावकत्व ग्रहण र व्यवहार परिवर्तनका लागि मोटिभेसनल प्रशिक्षक क्षेत्रप्रताप ज्ञवालीले अभिभावकलाई प्रशिक्षण दिएका थिए । अवको शिक्षा संस्कारयुक्त हुनुपर्ने र संस्कार नै जिवन बनाउने शिक्षा रहेको उनले बताएका थिए ।

जंक फुडको प्रयोग, प्रबिधिको दुरुपयोग, अभिभावकत्व ग्रहण गर्न नसक्नु लगाएतका कारण पछिल्लो समय बालबालिकामा नकारात्मकताका लक्षणहरु बढि देखापर्न थालेको उनले बताए । घरमा श्रीमान् श्रीमती विच झै झगडा तथा सम्बन्धमा उतार चढाव आउदा बालबालिकामा असर गर्ने हुदा यस तर्फ अभिभावकले ध्यान दिनुपर्ने बताईएको थियो ।

हरेक वर्ष अभिभावकहरुका लागि उत्प्रेरणामूलक तालिमहरु सञ्चालन गर्दै आएको डिभाईन एजुकेशनका फाउन्डेशनका सिईओ भोजराज न्यौपानेले बताए । संस्कार, ईमान्दारीता र अनुशासनलाई विद्यालयले प्राथमिकता दिदै आएको न्यौपानेको भनाई छ । कार्यक्रममा सहभागि अभिभावक सम्झना नेपालीले अभिभावकले निर्वाह गर्नुपर्ने थुप्रै कार्यको प्रेरणा मिलेको बताईन । यस्ता कार्यक्रमले निरन्तता दिन सके असल परीवार बन्ने उनी बताउछिन् । झण्डै ५ सय बढि अभिभावक विचमा कार्यक्रम भएको थियो ।

 

 

तपाईंको प्रतिक्रिया