ज्ञानोदय बोर्डिङले मनायो १८औं बार्षिकोत्सव

 फागुन १५, २०८०

तुलसीपुर । दंगीशरण गाउँपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय ईंग्लिश बोर्डिङ स्कुलले आज एक कार्यक्रम गरि १८औं बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ । विद्यालय संचालक समितिका अध्यक्ष एमएन शाहको अध्यक्षता तथा दङ्गिशरण गाउँपालिकाका उपाध्यक्ष पिमा कुमारी वलि खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले विद्यार्थीलाई समयानुकुल शिक्षा दिन आवस्यक रहेको बताएकि थिईन । उनले ब्यावहारीक तथा संस्कारीयुक्त शिक्षा दिनुपर्ने बताईन ।

विद्यालयका शिक्षक घनी प्रशाद धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा गाउपालिका सामाजिक विकास समिति संयोजक वडा नम्बर ६ का अध्यक्ष रोशन जंग शाह , गाउँपालिका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष रमेश भण्डारी, , वडा नम्बर ३ का अध्यक्ष सुकलाल चौधरी, शिक्षा शाखा प्रमुख बिनोद अधिकारी, अभिभावक खुम्बु शिंह , पवित्रा गौतम, बिद्यार्थि अर्जुन वलि , शिवानी खड्का, पोशनराज केसि , लगायतले बोलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा खड्काले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यस्तै, कार्यक्रममा विद्यालयको वार्षिक खेल सप्ताहमा आयोजना गरिएका विभिन्न कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुका साथै रास्ट्रपति रनिङ सिल्डमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको थियो । त्यस्तै विद्यालयको शैक्षिक उन्नयनका लागि अहोरात्र खटीने सम्पुर्ण शिक्षकहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विद्यार्थीहरुले विभिन्न संस्कृति झल्किने नृत्य ,नाटक प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक सुशील गिरिले गरेका थिए ।

तपाईंको प्रतिक्रिया