नेपाल पहिलो जितको खोजीमा

 फागुन १८, २०८०

काठमाडौं । घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको तेस्रो खेलमा नेपालले आज नामिबियासँग भिड्दै छ । नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । जारी श्रृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । यसअघि नेपालल पहिलो खेलमा नामिबियासँग २० रनले पराजित भएकाे थियाे भने  दोस्रो खेलमा बुधबार नेदरल्याण्डविरुद्ध २ रनको हार बेहोरेको थियो।

दुई खेलमा नै पराजित भएको नेपालले फाइनल खेल्ने सम्भावना कायम राख्न आज जित्नैपर्ने दबाबमा छ ।  २ वटै खेल हारेको नेपाल अंकतालिकाकाे पुछारमा छ । आज नामिवियासँग पराजित भए नेपाल एक खेल अगावै फाइनल दौडबाट बाहिरिनेछ ।

यता नामिबिया नेपाललाई हराउँदै एक खेलअघि नै फाइनलको यात्रा गर्ने योजनामा छ । उसले पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा नेदरल्याण्डविरुद्ध ५९ रनको पराजित भयो । नेदरल्याण्डसँग हारेको नामिविया आफनो लय कायम राख्ने कोशिसमा हुनेछ ।

तपाईंको प्रतिक्रिया