दाङ क्रिकेट लिगको फाइनलमा दंगाली लायन्स र तुलसीपुर भिड्दै

 फागुन १८, २०८०

तुलसीपुर । दाङ क्रिकेट लिगको दोस्रो संस्करणको फाइनल खेल शनिवार हुदै छ । उपाधीको लागि दंगाली लायन्स र तुलसीपुर रोयल्स भिड्ने छन् । शुक्रबार भएको पहिलो खेलमा देउखुरी वारियर्सलाई पराजित गर्दै दंगाली लायन्सले फाइनल यात्रा पक्का गर्‍यो भने दोस्रो खेलमा घोराही टाइगर्सलाई पराजित गर्दै तुलसीपुरले फाइनल यात्रा तय गर्‍यो।

तुलसीपुर रोयल्सले लिग चरणमा सबै ४ खेलमा जित दर्ता गर्दै ८ अंकसहित शीर्ष स्थान रहेर फाईनल खेल्दै छ भने दंगाली लायन्सले ४ खेलमा ३ जित र १ खेलमा हार बेहोरेर फाइनलमा स्थान बनाएको हो । यस्तै,घोराही टाइगर्स ४ अंकसहित तेस्रो, पुरन्धारा च्यालेन्जर्स २ अंकसहित चौंथो तथा सबै ४ खेलमा पराजित देउखुरी अंकविहीन रहँदै पाँचौं स्थानमा सीमित बन्यो । जिल्ला क्रिकेट संघको आयोजनामा चलिरहेको प्रतियोगिताको विजेताले २ लाख ५० हजार रुपैयाँ तथा उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

तपाईंको प्रतिक्रिया