नेदरल्याण्ड्समाथि नेपाल ६ विकेटले विजयी

 फागुन १९, २०८०

दाङ । त्रिदेशीय टी-ट्वेन्टी क्रिकेट शृङ्खलामा लगातार दोस्रो जीत हासिल गर्ने क्रममा नेपालले शनिवार कीर्तिपुरमा नेदरल्याण्ड्सलाई पराजित गरेको छ। नेदरल्याण्ड्सलाई १९.३ ओभरमा १२० रनमा सीमित पारेको नेपालले उत्कृष्ट बलिङ र ब्याटिङ प्रदर्शन गर्दै जित निकालेको हो।

नेपालले उक्त लक्ष्य ४ विकेट गुमाएर १५.२ ओभरमा भेट्टाएको थियो। यसअघि नेदरल्याण्डससँगको खेलमा नेपाल २ रनले पराजित भएको थियो।  शृङ्खलामा दुई खेल जितेको नेपालको फाइनल पुग्ने सम्भावना बलियो भएको छ। नेपालको जीतमा कप्तान रोहित पौडेल र गुल्शन झाले ब्याटिङमार्फत महत्त्वपूर्ण योगदान दिए। कप्तान पौडेलले ४६ रन जोडे भने झा ३८ रन बनाएर आउट भएका थिए।

तपाईंको प्रतिक्रिया