डिभाईनको १५औं बार्षिकोत्सव तथा मणिभ उत्सव

 फागुन १९, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गोलौरामा रहेको डिभाईन टेम्पल एकाडेमीले आफ्नो १५औं बार्षिकोत्सव तथा मणिभ उत्सव सम्पन्न गरेको छ । डिभाईन टेम्पलका प्रिन्सीपल भोजराज न्यौपानको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथी केन्द्रीय अध्यक्ष न्यौपानेले संस्थागत विद्यालयले दक्ष जनशक्ति उत्पादनमा महत्वपुर्ण योगदान गर्दै आएको बताएका थिए ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका साइन्स एण्ड इन्जिनियरिङ तर्फका डिन डा.सुदीप ठकुरी, तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारी,नेशनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष सुवोध डाँगी, केन्द्रीय सदस्य भिमबहादुर बुढाथोकी लगायतले बोलेका थिए ।

कार्यक्रममा विभिन्न जातजातीको भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिएको थियो भने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण शिक्षक महेश न्यौपानले गरेका थिए । संस्कार तथा ब्यबहारीक शिक्षा लाई जोड दिदै आएको डिभाईन कक्षा १२ सम्म सञ्चालनमा रहेको छ ।

तपाईंको प्रतिक्रिया