प्राविधिक तर्फ पहिलो र तेस्रो सेमेष्टरको फाराम खुल्यो

 फागुन २२, २०८०

तुलसीपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा तहको प्रथम वर्ष प्रथम खण्ड र दोस्रो बर्ष प्रथम खण्डको नियमित, आंशिकको परीक्षाको लागि आवेदन खुल्ला गरेको छ ।परिषद्का आङ्गिक, साझेदारी, सामुदायिक विद्यालय र निजी स्तरमा सञ्चालित शिक्षण संस्थाहरूमा सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत डिप्लोमा इन इन्जिनियरिङ तर्फका कार्यक्रमहरू, होटल म्यानेजमेन्ट, फुड एन्ड डेरी टेक्नोलोजी, सोसियल वर्क्स, इन्टरप्रेनरसिप डेभलपमेन्ट र कृषि (बाली विज्ञान र पशु विज्ञान) को लागि फाराम खुलेको हो ।

परीक्षाहरू चैत, वैशाख महिनामा सञ्चालन हुने भएकोले परीक्षार्थीहरूले परीक्षा आवेदन फाराम भरी बुझाउनका लागि मिति २०८० साल चैत ६ गतेभित्र नियमित शुल्कमा र २०८० साल चैत १३ गतेभित्र विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भराउनहुन सूचना प्रकाशित गरिएको छ।

हेर्नुहोस सूचना

तपाईंको प्रतिक्रिया