राष्ट्रिय सभा अध्यक्ष निर्वाचन: आज उम्मेदवारी दर्ता

 फागुन २८, २०८०

काठमाडौं । संघीय संसद सचिवालयले राष्ट्रियसभा अध्यक्ष पदको लागि आज उम्मेदवारी दर्ता हुँदै छ । आइतबार संघीय संसद् सचिवालयले प्रकाशन गरेको तालिका अनुसार आज बिहान ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ । यस्तै, साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ भने भोली २९ गते बस्ने राष्ट्रियसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरी अध्यक्ष चयन गर्ने कार्यतालिका रहेको छ ।

राष्ट्रियसभा अध्यक्षका लागि गठबन्धनबाट नेकपा माओवादीले नारायण दाहाल र प्रतिपक्षी दल कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । ५९ सदस्यीय राष्ट्रिय सभामामा ओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी छ । उसका उपाध्यक्ष सहित १८ सांसद छन् ।

यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठूलो दल  हो । एमालेबाट १० जना सांसद छन् राष्ट्रियसभामा छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

तपाईंको प्रतिक्रिया