देश र जनताप्रति थप जिम्मेवारीबोध भएको छ: प्रधानमन्त्री

 फागुन ३०, २०८०

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनमा विश्वासको मत पाएसंगै थप देश र जनताप्रति थप जिम्मेवारीबोध भएको बताएका छन् । विश्वासको मत प्राप्त गरेपछि बुधबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गदै प्रचण्डले राष्ट्र र जनताको पक्षमा राम्रा काम तीव्र गतिमा गर्ने जिम्मेवारीलाई गम्भीरतापूर्वक पूरा गर्ने समेत बताए ।

यसअघि पनि विश्वासको मत दिएको भन्दै उनले नयाँ राजनीतिक समिकरण सहित विश्वासको मत पाउदाको अनुभव अझ बढि लोकतान्त्रीक ढंगले सजिव रहेको जिकिर गरे । उनले आफुप्रति भरोषा गरेर मत दिनेलाई धन्यवाद दिदै बिपक्षमा मत दिएर सरकारले राम्रो काम गरोस भन्नेलाई पनि धन्यवाद दिए ।

उनले बुधबार प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गरेका हुन् ।

तपाईंको प्रतिक्रिया