तुलसीपुरमा ओम बेकरी सञ्चालनमा

 फागुन ३०, २०८०

तुलसीपुर । तुलसीपुरमा ओम बेकरी सञ्चालनमा आएको छ । उपमहानगरपालिका वडा नम्बर ६ मदनआश्रित चोक देखि ५० मिटर पुर्व तर्फ बेकरी सञ्चालनमा आएको हो । उक्त बेकरीको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसेले गरेका हुन । उद्घाटन गर्दै अध्यक्ष चालिसेले युवाहरु विदेशिने लहर चलिरहेका बेला ब्यावसायिक रुपमा स्वेदेशमै केहि गर्न खोजेमा खुसी ब्यक्त गर्दै शुभकामना ब्यक्त गरेका थिए ।

मुख्यत केक आइटमका साथै दुधजन्य बस्तुहरु कफि समेत पाईने सञ्चालक नारायण रावतले जानकारी दिए । १५ लाख रुपैया लागतमा सञ्चालमा ल्याइएको बेकरीमा आफ्नै उत्पादीत बस्तुहरु हुने रावतले बताए् । पछिल्लो समय युवाहरु विदेशमै जानुपर्छ भन्ने मान्यताको अन्त्य गरी स्वदेशमा केहि गर्नुपर्छ भन्ने हिसावले ब्यवसायमा जोडिएको रावतले बताएका छन ।

तपाईंको प्रतिक्रिया