सामुदायिक वनको कार्ययोजना निर्माणबारे तालिम

 चैत ०५, २०८०

तुलसीपुर । दाङको तुलसीपुरमा उद्यम विकास सम्बन्धि ४ दिने तालिम सम्पन्न भएको छ । ग्रिन फाउण्डेसन नेपालको आयोजनामा यही चैत २ गते देखी सुरु भएको तालिमको आज समापन गरिएको हो । सामुदायीक वनको कार्ययोजना निर्माण, डाटा पोर्टल तथा उद्यम विकास सम्बन्धि तालिममा १५ जनाको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै सामुदायीक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय सदस्य छबि कुमारी खरालले सामुदायीक वनहरु जोगाउन उपभोक्ताको भुमिका रहेपनि उपभोग गर्नबाट बञ्चीत गराउने सरकारको निती गलत भएको बताईन । उनले सामुदायीक वन क्षेत्रका विकासका काममा धेरै समस्या भइरहेकाले कार्ययोजना निर्माणमा तालिमले महत्वपुर्ण भुमिका खेल्ने बताईन ।

सो अवसरमा रेडियो प्रकृति एफएमका स्टेसन म्यानेजर ओपेन्द्र बस्नेत, स्थानिय बन महासंघका सचिव रक्षा काफ्लेले वनको ब्यवस्थापन तथा उद्यमशिलता विकासमा तालिमले महत्वपुर्ण भुमिका खेल्नेमा विश्वास ब्यक्त गरेका थिए । सामुदायीक वनको व्यवस्थापन, उपयोग तथा कार्ययोजना सम्बन्धि तालिम दिईएको ग्रिन फाउडेसन तुलसीपुरका परियोजना संयोजक दिपक परियारले बताए ।

तालिममा दाङ सहित बर्दीया, कञ्चनपुर, कपिलबस्तु, नवलपरासी लगाएत विभिन्न जिल्लाका फरेष्टी सम्बन्धि अध्यन गर्दै आएका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई ९ जना प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए । तालिम समापन ग्रिन फाउडेसन दाङका अध्यक्ष विष्णु बहादुर केसीको अध्यक्षतामा भएको हो । समापन कार्यक्रमको सहजीकरण अर्बिन पौडेलले गरेका थिए ।

तपाईंको प्रतिक्रिया