दाङ जिल्लाबाट १२ हजार ८ सयले एसईई दिदै

 चैत ०७, २०८०

तुलसीपुर । राष्ट्रिय परीक्षा बोर्डले चैत १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त संख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डले जनाएको छ ।

यसैविच, यस बर्ष दाङ जिल्लाबाट १२ हजार ८ सय ९८ जनाले परीक्षा दिदैछन् । साधारण तर्फ १२ हजार २ सय २८ जनाले सहभागिता जनाउदैछन् भने प्राविधिक धार तर्फ ३२३ जनाले परीक्षा दिदै छन् । यस्तै ३ सय ४७ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिए । परीक्षाका लागि जिल्लामा ४७ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको चौधरीले बताए । अहिले केन्द्रहरुमा उत्तरपुस्तीका पुराउने काम भैरहेको छ ।

तपाईंको प्रतिक्रिया