दाङ जिल्लाबाट १२ हजार ८ सयले एसईई दिदै

 चैत ०८, २०८०

तुलसीपुर ।  यस बर्ष दाङ जिल्लाबाट १२ हजार ८ सय ९८ जनाले एसइइ परीक्षा दिदैछन् । साधारण तर्फ १२ हजार २ सय २८ जनाले सहभागिता जनाउदैछन् भने प्राविधिक धार तर्फ ३२३ जनाले परीक्षा दिदै छन् । यस्तै ३ सय ४७ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख देवमणि चौधरीले जानकारी दिए ।

चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने  परीक्षाका लागि जिल्लामा ४७ वटा परीक्षा केन्द्रहरु निर्धारण गरिएको चौधरीले बताए । अहिले केन्द्रहरुमा उत्तरपुस्तीका पुराउने काम भैरहेको छ ।

तपाईंको प्रतिक्रिया