गृहमन्त्री लामिछानेमाथि काँग्रेसले मिथ्या आरोप लगायाे: परियार

 चैत १८, २०८०

काठमाडौँ । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापति तथा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि नेपाली काँग्रेसले मिथ्या आरोप लगाएको बताएका छन् । आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसलाई संसदीय छानबिन समिति बन्दैन भन्ने जानकारी हुँदाहुँदै पनि संसदमा अवरोध झिक्ने काम गरिरहेको बताए ।

उनले गृहमन्त्री लामिछानेमाथिका प्रश्नको जवाफ दिन काँग्रेसले संसदमा मौका दिनुपर्ने माग गरे । उनले सबैभन्दा बलियो मत दिएर जिताएको व्यक्तिमाथि मिथ्या आरोपका भरमा काँग्रेसले राजनीतिक, सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुने बताए । उनले गृहमन्त्रीमाथि छानबिन समिति बनाउनु नपर्ने जिकिर गरे ।

तपाईंको प्रतिक्रिया