एमाले तुलसीपुर – ५ को भित्तेपात्रो बिमोचन

 चैत २४, २०८०

तुलसीपुर । नेकपा एमाले तुलसीपुर ५ नम्वर वडा कमिटिले आज (शनिवार) मिलनचोक बुद्धनगर टोलमा एक कार्यक्रमको आयोजना गरी भित्तेपात्रो बिमोचन गरेको छ ।वडा कमिटिले आउदै गरेको नयाँ बर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम गरेको छ ।

वडा कमिटिका अध्यक्ष पदम पोख्रेल(जेठुकान्छु)को अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा नगर ईन्चार्ज घनश्याम पाण्डेले २०८१ सालको भित्तेपात्रो बिमोचन गर्नुभएको हो | सो अवसरमा बोल्दै केन्द्रिय सदस्य पाण्डेले २०८१ सालको सबैमा शुभकामना व्यक्त गर्दै एमालेबाट मात्रै देशमा समृद्धी सम्भव भएको बताउनुभयो । जनभावना अनुसार काम गर्ने पाटी एमाले भएको बताउदै उहाले आफुहरु सधै जनता संगै हुने बताउनु भयो ।

साथै कार्यक्रममा केन्द्रिय सदस्य कोमल वली, केन्द्रिय निर्वाचन आयोगका सदस्य हिराचन्द्र केसी, लेखा आयोगका केन्द्रिय सदस्य सावित्रा विश्वकर्मा, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य विनोद शर्मा र नगर कमिटि अध्यक्ष माधव वलीले नववर्ष २०८१ सालको शुभकामना दिदै राज्यले स्वदेशमै स्वरोजगार सिर्जना गर्नुपर्नेमा जोड दिनु भएको छ ।
पछिल्नो समय युवाहरु पलाएन हुनेको संख्या बढ्दो क्रममा रहेको भन्दै उनीहरुले यसलाई रोक्नका लागी राज्यले ध्यान दिनुपर्ने बताएका थिए । वडा कमिटिका उपाध्यक्ष ऋषिराज खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागी सबैलाई भित्तेपात्रो वितरण गरिएको थियो ।

साथै आयोजकले भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने विज्ञापनदाता र सहयोगदाताहरुमा धन्यवाद गरेको थियो भने कार्यक्रमको सहजीकरण वडा कमिटिका सचिव युवराज नेपालीले गर्नुभएको थियो ।

तपाईंको प्रतिक्रिया