सुनको मूल्यले बनायो नयाँ रेकर्ड

 बैशाख ०४, २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १७ सय रुपैयाँले बढेर १ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ। यसअघि चैत ३० गते सुनको मूल्यमा नयाँ रेकर्ड कामय भएको थियो। सो दिन छापावाल सुन प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँ निर्धारण भएको छ। चैत ३० गते तेजावी सुनको भाउ प्रतितोला १ लाख ३८ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । यस्तै, सोमबार सुनको भाउ प्रतितोला १ लाख ३७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ३६ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो । आज चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँले बढेर १७ सय ५० रुपैयाँ कायम भएको छ। सोमबार चाँदीको भाउ प्रतितोला १७ सय १५ रुपैयाँ कायम रहेको थियो।

तपाईंको प्रतिक्रिया