ह्वाइट लोटसले आइपीओ निष्कासन गर्ने

 बैशाख १०, २०८१

काठमाडौं|  ह्वाइट लोटस पावर कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आफ्नो जारी पुँजीको २६ प्रतिशत अर्थात् १२ लाख कित्ता सेयरा जारी गर्न लागेको हो।

यसले १ सय अंकित मूल्यामा आइपीओ जारी गर्न लागेको हो। उक्त आइपीओ निष्कासनको लागि यस कम्पनीले बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।

यस सम्बन्धी सम्झौतापत्रमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र ह्वाइट लोटस पावरका तर्फबाट कार्यकारी निर्देशक सुमन कुमारी जोशीले हस्ताक्षर गरेका हुन्।

ह्वाइट लोटस पावरले लमजुङ्ग जिल्लाको भुलभुलेस्थित हिदि खोलाको पानी सदुपयोग गरी ६.८२ मेगावाटको नदि प्रवाहिमा आधारित हिदि खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

तपाईंको प्रतिक्रिया