गर्मी बढेपछि राप्ती र लमहीका विद्यालयमा २ दिन विदा

 जेठ १६, २०८१

तुलसीपुर । दाङ देउखुरीको राप्ती गाउँपालिकाका सबै विद्यालय २ दिनका लागि बिदा गरिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि गाउँपालिकाले एक सुचना जारी गरि २ दिनका लागि विद्यालय बिदा गरिएको जनाएको छ।

बुधबार बसेको राप्ती गाउँपालिका गाउँशिक्षा समितिको आकस्मिक बसेको बैठकले गाउँपालिका भित्रका सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयहरुमा जेठ १७ र १८ गते २ दिनका लागि विद्यालयको पठनपाठन स्थगन गर्ने निर्णय गर्दै सबै विद्यालयहरु बिदा गर्ने निर्णय गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए । दुई दिन पछि पनि मौसममा सुधार नआएको खण्डमा उक्त विदालाई पुनः थप गर्ने समेत जारी सुचनामा उल्लेख गरिएको छ । हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी विद्यालयहरु बन्द गरिएको हो ।

यस्तै, अत्याधिक गर्मी बढ्न थालेपछि लमही नगरपालिकाले विद्यालयहरुलाई दुई दिन विदा दिने निर्णय गरेको छ । आज बसेको लमही नगरपालिकाको शिक्षा समितिको बैठकले सो निर्णय गरेको हो ।

तपाईंको प्रतिक्रिया