गर्मी बढे सगैं तुलसीपुरका विद्यालयमा २२ गते सम्म विदा

 जेठ १७, २०८१

तुलसीपुर  । अत्यधिक गर्मी बढेपछि तुलसीपुर उपमहानगरपालिकाले सबै विद्यालयमा ५ दिनका लागि बिदा दिएको छ । केही दिनदेखिको निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि विद्यालयमा बिदा दिएको सामाजिक विकास समितिका संयोजक मान बहादुर रावतले जानकारी दिए ।

जेठ १८ देखि २२ गते सम्म विद्यालयमा विदा दिइएको हो । उपमहानगरपालिकाको नगर शिक्षा समितिको बैठकको निर्णयानुसार २३ गते देखि विद्यालय सञ्चालनमा आउने शिक्षा महाशाखा प्रमुख चक्र बहादुर भण्डारीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया