सगरमाथा बालबाटिकामा जब निर्वाचनको झल्को देखियो…..

 जेठ १८, २०८१

तुलसीपुर । विहान ७ बज्दै थियो । तुलसीपुर ९ स्थित सगरमाथा बालबाटिका स्कुल विद्यार्थीले भरिभराउ थियो । उम्मेदवारहरु र मतदाता विद्यार्थीहरु निर्वाचनमा सहभागि हुन पाउदा उत्साहित देखिन्थ्ये । कोहि मतदाताको लाइन थिए भने कोहि लाइन लगाउन र मतपेटिकाको सुरक्षा ब्यवस्थामा थिए । यो कुनै सरकारको नेतृत्व गर्ने निर्वाचन नभई विद्यालयका विद्यार्थीको लागि नेतृत्व चुन्ने निर्वाचन थियो ।

सगरमाथा बालबाटिका ई.स्कूल तुलसीपुर ९, बेलुवा दाङ्ले बाल क्लव र Sagarmatha Quality Circle(SQC)  को निर्वाचन सम्पन्न गरेको हो । विद्यार्थीको व्यक्तित्व, नेतृत्व विकासको साथै क्षमता अभिवृद्धि र प्रजातान्त्रीक प्रणालीलारीबारे जानकारी दिन निर्वाचन मार्फत नेतृत्व चयन गरिएको हो । निर्वाचन मार्फत बालक्लवको अध्यक्षमा सम्राट चौधरी निर्वाचित भएका छन । त्यसैगरी उपाध्यक्षमा महेस वली,सचिवमा श्रृष्टि वस्याल, कोषाध्यक्षमा अनु रसाईली निर्वाचित भएका छन । महिला सदस्यमा विन्दु खनाल र खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनिस्का डाँगि विजयी भएका हुन ।

यस्तै, SQC को अध्यक्षमा अमित नेपाली विजयी भएका छन भने उपाध्यक्षमा गौरव भुषाल, सचिवमा मिसन केसि,कोषाध्यक्षमा भुवन वली निर्वाचित भएका छन । महिला सदस्यमा मनिसा वली र खुल्ला सदस्यमा अञ्जली विक र शैलेस केसी विजयी भएका छन् । विद्यालयले वार्षिक क्यालेन्डर अनुसार जेष्ठ १८ गते आज निर्वाचन सम्पन्न गरेको हो ।

विद्यालय स्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सकेमात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने र व्यवहारीक ज्ञानमा जोड दिने उद्देश्यले निर्वाचन मार्फत नेतृत्व चयन गरिएको विद्यालयका प्रधानाध्यापक छवि कुमार वली बताए । साथैप्रजातान्त्रीक अभ्यासले आफूमा सफल नागरीक छनोट गर्न सक्ने तथा उचित निर्णय लिन सक्ने क्षमताको विकास गर्ने उनले बताए ।

निवार्चन प्रणालीले विद्यार्थीको नेतृत्व विकासमा समेत महत्वपुर्ण भूमिका निर्वाह गर्ने र व्यवहारीक ज्ञानको सिकाई समेत हुने निर्वाचन अधिकृतका रुपमा खटिएका केशर सिड्ढ बुढाथोकिले जानकारी दिए । आज विहान ७ बजेबाट सूरू भएको निवार्चनमा मतदाताहरूको सक्रिय सहभागिता रहेको थियो । मतदान अधिकृतको जिम्मेवारी शिक्षकहरु शरद शर्मा मज्गैँया र ठाकुर डाँगि रहेका थिए ।

तपाईंको प्रतिक्रिया