नगर अनुदानमा शिक्षक पाउनै मुस्किल
तुलसीपुर । तुलसीपुर १३ स्थित अम्बेश्वरी माविले गत जेठ ९ गतेका दिन मावि नगर अनुदान गणित शिक्षकको विज्ञापन खोल्यो । १५ दिने सुचना अनुसार कोहि पनि दरखास्त दिन आएन । फेरी दोस्रो पटक जेठ २४ मा विज्ञापन खोलेपछि पनि कोहि दरखास्त दिन आएन ।
तेस्रोपटक असार ३ गते नगर अनुदान स्केलमा थप ८ हजार दिने गरि पुन दरखास्त आव्हान भयो । त्यसपछि पनि कोहि आएन । हाल चौथोपटक असार १० गते दरखास्त आव्हान भएको छ । नगरले दिने स्केलमा विद्यालयले थप ब्यहोरेर माध्यमिक तह तृतीय श्रेणिको स्केल दिने गरि दरखास्त खोलेको विद्यालयका प्रधानाध्यापक थानेश्वर आचार्यले जानकारी दिए ।
तुलसीपुर २ मा रहेको मावि बालापुरले मावि नगर अनुदान गणित शिक्षकको लागि दोस्रो पटक असार ७ गते पुन दरखास्त आव्हान गरेको छ । पहिलोपटक कसैको दरखास्त नपरेपछि पुन विज्ञापन खोलेको हो । यस्तै,तुलसीपुर १३ मा रहेको मावि तुहीरनियापुरले पनि असार ७ गते तेस्रोपटक दरखास्त खोलेको छ । मावि नगर अनुदान गणित शिक्षकको लागि दरखास्त आव्हान गरेको प्रधानाध्यापक हेमन्त बुढाथोकीले बताए ।
दरबन्दी नभएका विद्यालयको लागि भनेर उपमहानगरले नगर अनुदान शिक्षक राख्ने ब्यवसथा गरेको छ । निमावि तह २५ हजार र मावि तह ३० हजार त.भ. दिदै आएको छ । नगर अनुदानमा सेवा सुविधा कम हुनु तथा आवस्यक जनशक्ति अभावका कारण शिक्षक पाउनै मुस्किल भएकोले दरखास्त नपरेको जानकारहरु बताउछन ।




तपाईंको प्रतिक्रिया