मानव सेवा आश्रमलाई शितल एकेडेमीको सहयोग

तुलसीपुर । तुलसीपुरमा रहेको शितल एकेडेमीले मानव सेवा आश्रम तुलसीपुरलाई आर्थिक सहयोग गरेको छ । मंगलबार एकेडेमीले आश्रममा पुगेर ३० हजार नगद सहयोग रकम हस्तान्तरण गरेको शितल एकेडेमी तुलसीपुरका प्रमुख उमेश प्रशाद जोशीले जानकारी दिए । विद्यार्थीहरु, कर्मचारीहरु र संस्थाको सहयोगमा उक्त रकम उपलब्ध गराईएको हो । विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको १४ हजार र एकेडेमीले १६ हजार गरि ३० हजार रुपैया आश्रमलाई सहयोग गरेका हुन् । सामाजिक कार्यमा हातेमालो गर्ने उद्देश्यले सहयोग गरेको प्रमुख जोशीले बताए ।
शितल एकेडेमीले बिगत केही बर्षदेखि तुलसीपुरमा अंग्रेजी भाषा, जर्मन भाषा, कोरियन भाषा,जापनिज भाषा, IELTS , PTE, बृज कोर्ष र कम्प्युटर सम्बन्धी कक्षाहरु सञ्चालन गर्दै आएको छ ।
तपाईंको प्रतिक्रिया