पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घट्यो

 भदौ ३०, २०८१

काठमाडौँ  । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार आयल निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो । निगमले निकालेको विज्ञप्तिअनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेल/मट्टितेलमा ५/५ रुपैयाँले मूल्य घटेको छ ।

तपाईंको प्रतिक्रिया