खाद्य व्यवस्थाले दशैंको लागि चार सय खसीबोका खरिद गर्ने

 असोज ११, २०८१

तुलसीपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले यस वर्षको दशैंमा चार सय खशीबोका खरिद गर्ने लक्ष्य लिएको छ । नेपालीहरुको महान पर्व वडादशैलाई लक्षित गदै दाङबाट चार सय खशीबोका खरिद गरि काठमाण्डौं पठाउने गरी परिपत्र आएको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभयो ।

दशैँमा काठमाण्डौ उपत्यकामा मासु आपुर्ति गर्नका लागी खशीबोका खरिद गर्न लागिएको उहाँले बताउनुभयो । प्रमुख सुनारका अनुसार यहि असोज १७ गते खशीबोकाहरु खरिद गरिने भएको छ । खरिद गर्दा दाङका सबै क्षेत्रबाट गरिने छ । खसीबोका विक्री गर्नका लागि मूल्य निर्धारण नहुँदै किसानहरुले नाम दर्ता गराइरहेका छन् ।

गत वर्ष खाद्यमार्फत दशैँमा ७ सय ५६ वटा खशीबोका खरिद गरी पठाइएको थियो भने यस वर्ष कोटा घटेर आएको छ ।।

तपाईंको प्रतिक्रिया