मितेरी सहकारी संस्थाको १६औ साधारण सभा १७ गते हुदै
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारण सभा हुन थालेको छ । अमर मावि उरहरीको प्राङ्गणमा संस्थाको १६औ वार्षिक साधारण सभा यहि असोज १७ गते हुन लागेको अध्यक्ष द्रोण बहादुर बस्नेतले जानकारी दिएका छन ।
साधारण सभाको तयारी अन्तीम चरणमा पुगेको अध्यक्ष बस्नेतले जनाएका छन । सबैतिर पत्राचार गरेको हुदा उपस्थितिको लागि सम्पूर्ण शेयर सदस्यहरुलाई आग्रह पनि गरेका छन।
संस्थाको कुल पुजी झण्डै ७ करोड रहेको प्रबन्धक सुरेन्द्र बुढाथोकीले जानकारी दिएका छन । ग्रामीण भेगमा रहेर पनि सहकारीको मुल्य मान्यता अनुसार सञ्चालनमा रहेको यस क्षेत्र ठुलो सहकारी हो । हाल तुलसीपुरका ११,१२ र १३ नम्बर वडा कार्यक्षेत्रका साढे चार सय शेयर सदस्यहरु रहेको प्रबन्धक बुढाथोकीले बताए ।
तपाईंको प्रतिक्रिया