सहकारीका माध्यमबाट उद्यमशिलतामा जोडौं: नगर प्रमुख खड्का

 असोज १७, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ जसपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको १६औ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संस्थाका अध्यक्ष द्रोण बहादुर बस्नेतको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्य एवं लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीको बिशिष्ठ आतिथ्यमा साधारण सभाको उद्घाटन भएको थियो ।

सभाको उद्घाटन गर्दै नगर प्रमुख खड्काले सहकारीबाट उद्यमशिलतामा जोडेर शेयर सदस्यहरुको आर्थिक अवस्था सुधारमा पहल गर्नुपर्ने बताएका थिए । सहकारीका विधि र पद्धती भन्दा बाहिर गएर सहकारी सञ्चालन हुदा समस्या भएको हुदा यसतर्फ सचेत हुनुपर्ने उनले बताएका थिए ।

कार्यक्रमका विशिष्ठ अतिथी लुम्बिनी प्रदेश सहकारी संघका सचिव रुप बहादुर खत्रीले सहकारी संस्थाहरु सामाजिक कार्यहरुमा समेत उत्तरदायि हुनुपर्ने बताएका थिए । साथै शेयर सदस्यको संख्या बृद्धि गर्न तर्फ लाग्न सुझाव दिएका थिए ।

संस्थाका उपाध्यक्ष सेतु जैसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष हेमराज गौतम,तुलसीपुर ११ का वडाध्यक्ष मान बहादुर रावत,१२ का अध्यक्ष खुसीराम चौधरी, नेफस्कुनका विष्णु दत्त,राष्टिय सहकारी बैंक तुलसीपुरका अमृत बहादुर वली, सानाकिसान कृषि सहकारी उरहरीका उपाध्यक्ष अर्जुन बस्नेत, अमर माविका प्रधानाध्यापक पदम बहादुर वली, मितेरी सहकारी संस्थाका पुर्व ,बलदेव आचार्य, श्रीराम सहकारी संस्थाका अध्यक्ष जागेश्वर भण्डारी लगायतले बोलेका थिए ।

साधारण सभामा संस्थागत विकास तर्फ वलदेव आचार्य, धन कुमारी विक,असली ऋणि तर्फ कपिल गौतम र डिल कुमारी बस्नेत,बचतकर्ता तर्फ रमा लामिछाने र लोकराज बस्नेत, बालबचत तर्फ विभिशा शर्मा, ऐच्छिक बचत गरि नियमित कारोवार गर्ने खम्मलाल जैसीलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो । सभाले प्रस्तुत प्रतिबेदन,ब्याजदर निर्धारण,कार्यविधि संसोधन तथा काेषाध्यक्ष बिशाल पाेखरेलले प्रस्तत गरेकाे अार्थिक प्रतिबेदन बारे छलफल गरि पारीत गरेको थियो । सभाको सहजिकरण सचिव कुल बहादुर बस्नेतले गरेका थिए ।

सहकारीमा हाल करीव ४ सय ९० शेयर सदस्यहरु रहेको प्रबन्धक सुरेन्द्र बुढाथोकीले जानकारी दिए । गत बर्ष संस्थाको कुल पुजी झण्डै पाँच करोड पचास लाख रहेकोमा यस बर्ष करीव ७ करोड रहेको प्रबन्धक बुढाथोकीले जानकारी दिए । ग्रामिण भेगमा रहेको यस क्षेत्रको ठुलो सहकारी यसको कार्यक्षेत्र हाल तुलसीपुरका ११,१२ र १३ नम्बर वडा रहेका छन ।

 

तपाईंको प्रतिक्रिया