प्रचण्ड आज तुलसीपुर आउँदै, यस्तो छ कार्यक्रम

 माघ ११, २०८१

तुलसीपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज(शुक्रबार) तुलसीपुर आउँदैछन् । उनी शुक्रबार दिनभर जसो तुलसीपुरमै रहनेछन् । विहान ६ बजे नेपालगञ्जबाट तुलसीपुर हिडेका प्रचण्ड ८ बजे तुलसीपुर आईपुग्ने कार्यक्रम छ । उनलाई वाइसिएलले सितलपुरबाट स्कटिङ्ग गरेर तुलसीपुर ल्याउने छ । त्यसपछि तुलसीपुरको दोघरे स्थित मेट्रो होटेलमा कार्यकर्ता भेटघाट रहनेछ ।

त्यसपछि तुलसीपुर ८ बटवलपुरमा शहीद परिवारको घरमा खाना खाने कार्यक्रम छ । त्यहाँबाट १२ बजे अरणिको मैदानमा हुने माओवादी केन्द्रको तेस्रो नगर अधिवेशन तथा खबरदारीसभालाई सम्बोधन गर्नेछन् ।

त्यसपछि ४ बजे घोराहीकलागि प्रस्थान गर्ने कार्यक्रम छ । घोराही नगर कमिटिको पनि अधिवेशन सम्बोधन गर्ने कार्यक्रम छ । शनिबार विहान पाण्डवेश्वर मन्दिर मोर्निङ वाक, पत्रकार सम्मेलन विहान साढे ७ बजे हुनेछ ।

त्यसपछि खाना खाएर घोराहीको सभा सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै आईतबार भालुवाङ स्थित सिसहनिया हस्पिटल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

तपाईंको प्रतिक्रिया