तुलसीपुरमा फागुन १ देखि महोत्सव लाग्ने

तुलसीपुर । दाङको तुलसीपुरमा फागुन १ गतेदेखि १६ गतेसम्म महोत्सव लाग्ने भएको छ। तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा दोस्रो तुलसीपुर महोत्सव सञ्चालन हुने भएको हो । आइतबार आयोजकले तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी महोत्सवको बारेमा जानकारी दिएको हो। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीले कृषि,पर्यटन,संस्कृतिक तथा व्यापार प्रबर्दन गर्नकालागि महोत्सव सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
महोत्सवबाट ३ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । जसबाट भएको बचतले आफ्नो जग्गा किन्ने र भवन बनाउने लक्ष्य रहेको छ । स्थानीय व्यावसायी, स्थानीय कृषि र कलालाई प्राथामिकता दिने उहाँले बताउनुभयो। महोत्सव लगाउन उपमहानगरपालिकाले यो पटक २५ लाख राजश्व लिएको र सरसफाई शुल्क थप ५० हजार लिएको जानकारी दिनुभयो । तर, पछि बिधान परिवर्तन गरेर शूल्क घटाईएमा मान्य नहुँने उल्लेख गर्नुभयो ।
महोत्सवमा तीनसय बढि स्टल हुनेछन् । यसैगरी स्थानिय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव उद्घाटनको दिन ¥याली निकाल्ने र सो ¥यालीमा सहभागिता जनाउने समुह मध्ये मूल्यांकन कर्ता राखेर राम्रो झाँकी प्रदर्शन गर्ने ५ समुह छनोट गरेर राशि सहित पुरस्कार दिने जानकारी आयोजकले दिएको छ ।उपाध्यक्ष सन्तोष खड्काले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण महासचिब दुर्गा शर्माले गर्नु भएको थियो ।
तपाईंको प्रतिक्रिया