काँग्रेसलाई बलियो बनाउन सवै लाग्नु पर्नेमा जोड

 फागुन १६, २०८१

तुलसीपुर । नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसमितिको तेस्रो नगर सम्मेलन सम्पन्न भएको छ । नगर सभापति सुरेश हमालको सभापतित्व तथा कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीको प्रमुख आतिथ्यमा सम्मेलन भएको हो । त्यस अवसरमा बोल्दै प्रमुख अतिथी गिरीले काँग्रेसलाई बलियो बनाउन सवै लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा जिल्ला सभापति शंकर प्रसाद डाँगी, संविधान सभा सदस्य बुद्धिराम भण्डारी, काँग्रेसका नेता लुम्बिनी प्रदेश सभाका पूर्व सदस्य शंकर गिरी,पुर्ब जिल्ला पार्टी सभापति घनश्याम रेग्मी कांग्रेस नेता महादेव शाह,नेता केशब आचार्य ,महाधिवेशन प्रतिनिधि सुस्मा गिरी,देवा डागि,क्षेत्र न ३ का सभापति जगत बहादुर खड्का खडका, काँग्रेसका नेता महाधिवेसन प्रतिनिधिहरुले बोलेका थिए ।

कांग्रेस नगर उपसभापति विनिल केसीको स्वागत मन्तव्य वाट सुरु भएको नगर सम्मेलनमा सांगठनिक प्रतिवेदन कोषाध्यक्ष प्रितमकुमार श्रेष्ठले प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजिकरण नगर सचिव बिमल पौडेलले गरेका थिए ।

तपाईंको प्रतिक्रिया