वडाध्यक्षले देखाए राजनितिक संस्कार,कांग्रेस महामन्त्री थापालाई गरे स्वागत

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले उच्च राजनितिक संस्कार देखाएका छन । एमालेका जिल्ला सचिवालय सदस्य समेत रहका वडाध्यक्ष रावतले आज कांग्रेस महामन्त्री गगन थापालाई स्वागत गरेका छन । आफ्नै वडा क्षेत्रमा आएका थापालाई मायाको चिनो प्रदान गर्दै स्वागत गरेका हुन । कांग्रेसका नेता तथा कार्यकर्ताका विचमा रहेका थापालाई सुकौराकोट दरवार र घुम्न जाउ मोतीपुर लगायत क्षेत्रको तस्वीर रहेको फोटो फ्रेम प्रदान गर्दै स्वागत गरिएको थियो ।
त्यस क्रममा वडाध्यक्ष रावतले दंगीशरण राजा दरवार क्षेत्र, घुम्न जाउ मोतीपुर अभियान लगायतका बारेमा जानकारी गराउदै विकासको लागि ध्यानाकर्षण गराएका थिए । एक पार्टिबाट निर्वाचित जनप्रतिनिधिबाट अर्को पार्टिका नेतालाई स्वागत गरेको विरलै देख्न पाईने भएको हुदा यसको प्रसंशा गरेका छन । एउटा असल राजनितिक संस्कार भएको टिप्पणी गरेका छन ।
तपाईंको प्रतिक्रिया