तुलसीपुर उपमहानगरले ३३औँ स्थापना दिवस मनायो

 चैत २९, २०८१

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिले आज एक भब्य कार्यक्रमका बिच आफ्नो ३३औं स्थापना दिवस मनाएको छ । नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा संघिय सांसद दिपक गिरीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा बोल्दै सांसद गिरीले सबैको सहकार्यले मात्रै विकास सम्भव हुने बताएका थिए । स्थानिय सरकारमा सबै दललाई मिलाएर विकास निर्माणका कामहरु अघि बढाउनुपर्ने बताएक थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले समान दृष्टिकोण राख्दै अघि बढेको बताएका थिए । ‘यो पार्टि ऊ पार्टि भनेको छैन, जनप्रतिनिधिको हैसियतबाट नियमसंगत काम भएका छन’ नगर प्रमुख खड्काले भने । सडक, शिक्षा, स्वास्थ्यमा तथा कृषिमा उल्लेख्य कामहरु भएको बताउदै जनताको आवस्यकतालाई मुख्य प्राथमिकतामा राखको बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले उपमहानगरलाई पर्यटयिक क्षेत्रका रुपमा रहेका स्थानलाई थप ब्यवस्थित गरि आन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गरि यहाको विकासमा थप टेवा पुग्ने बताएका थिए । कार्यक्रममा विशिष्ठ अतिथी संविधान सभा सदस्य बुद्धिराम भण्डारी, भुमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेत, पुर्वमेयर ढुन्डीराज लामिछाने, एमाले दाङका सचिव श्याम डाँगी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसी, आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डन, एमाले तुलसीपुर नगर कमिटिका अध्यक्ष रुप बहादुर खत्री, माओबादीका नगरकमिटिका अध्यक्ष मोहन थापा लगायतले बोलेका थिए ।

कार्यक्रममा निर्माण ब्यवसायी,सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का वडाअध्यक्ष माधव वलीले गरेका थिए । यसैविच स्थापना दिवशका अवसरमा उपमहानगरमा भएको रक्तदान कायक्रममा जनप्रतिनिधि र कर्मचारी गरेर जनाले २१ जनाले रक्तदान गरेका थिए ।

तपाईंको प्रतिक्रिया