बाढीपीडितका लागि एसपिए कलेजका विद्यार्थीहरूको सहयोग

 २० घण्टा अगाडि

धनगढी । रसुवामा आएको बाढीबाट प्रभावित बालबालिका तथा परिवारको सहयोगका लागि S.P.A. College धनगढीका विद्यार्थीहरूले आवश्यक सामग्री संकलन Dhangadhi Gen-Z Community लाई हस्तान्तरण गरेका छन्।

विपद्को समयमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले विद्यार्थीहरूले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग सङ्कलन गरि  आवश्यक सामग्री हस्तान्तरण  गरेका हुन्।

सहयोगमा बालबालिकाका कपडा २० जोडी, चप्पल ३२ जोडी, ग्लुकोज १२ पिस, मिल्क पाउडर १० प्याकेट, बालबालिकाका डायपर २५ दर्जन, टिस्यु पेपर १० पोका, खाने भुजा १५ पोका, चिउरा ६ पोका, चाउचाउ १ पेटी, पेन १ प्याकेट र बिस्कुट २ दर्जन रहेका छन्।

विद्यार्थीहरूको यो सानो प्रयासले विपद्को पीडामा रहेका बालबालिका तथा परिवारलाई सहयोग पुग्ने विश्वास गरिएको छ। S.P.A. College का विद्यार्थीहरूले संकलन गरेको सहयोग Dhangadhi Gen-Z Community मार्फत रसुवा बाढीपीडितसम्म पुर्‍याइनेछ।

तपाईंको प्रतिक्रिया