‘शोभाराम बा’ कम्युनिष्ट योद्धाको रुपमा सम्मानित

 बैशाख ०९, २०८२

दाङ । नेपाल कम्युनिष्ट पार्टीको ७६औँ स्थापना दिवसका अवसरमा अवसरमा एमाले दाङका अग्रणी नेता शोभाराम बस्नेत सहित ६ ज्येष्ठ नेताहरुलाई सम्मान गरिएको छ । नेकपा एमालेले आज रत्नप्रसाद शर्मा न्यौपाने (मरणोपरान्त), लालबहादुर विश्वकर्मा (कञ्चनपुर), वाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौँ), सत्यनारायण मण्डल (सप्तरी),  र हरिचरण शिवाकोटी (झापा)  लाई सम्मान गरेको हो ।

कम्युनिष्ट आन्दोलनमा विशेष योगदान पुर्‍याएको भन्दै  प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन । दङ्गाली कम्युनिष्ट आन्दोलनमा बस्नेतले महत्वपूर्ण योगदान गरेको नेताहरुले बताउने गर्दछन ।  पार्टी कार्यकर्ताको माझमा ‘शोभाराम बा’ का नामले परिचित छन ।

तपाईंको प्रतिक्रिया