रघुजी पन्त शिक्षामन्त्री बनेपछि यस्तो बन्यो नयाँ कार्यविभाजन

 बैशाख १०, २०८२

काठमाडौं । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेपछि मन्त्रिपरिषद्मा बरियताक्रम पनि हेरफेर गरिएको छ । राष्टपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा पन्त आठौँ नम्बरमा अटाउनुभएकाे हाे ।

वैशाख १८ गते मन्त्री पदबाट विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पन्तलाई शिक्षामन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नुभएकाे थियाे । सोही अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा पन्तलाई नियुक्त गर्नुभएकाे हाे ।

मन्त्री बन्नुभएका पन्तको वरीयता आठौँ नम्बरमा राखिएको छ। पन्त पूर्वश्रममन्त्री पनि हुनुहुन्छ । यसअघिकी शिक्षामन्त्री भट्टराईको वरीयता भने १८औं नम्बरमा थियो ।

वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमँन्त्री प्रकाशनमान सिंह, तेस्रो नम्बरमा उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल, चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँ नम्बरमा गृहमन्त्री रमेश लेखक, छैटौ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौ नम्बरमा परराष्ट्रमन्त्री डा. आरजु राणा रहेका छन् ।

आज पुनर्गठन भएको मन्त्रिपरिषद्‌ सदस्यको संख्या २४ पुगेको छ। आजै ओलीले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गर्नुभएकाे थियाे ।

तपाईंको प्रतिक्रिया