अहिलेको सत्ता गठबन्धन ८४ को चुनावसम्म रहन्छ: महासचिव पोखरेल

घोराही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धन ०८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले आज गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको बताए ।
जिल्ला अध्यक्ष सुधा सुमन ढकालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले सत्ता साझेदार दलबीच असमझदारी नहुँदासम्म सरकार नढल्ने भन्दै साना दलले ठुला दलमाथि शासन गर्ने परिपाटिको अन्त्य गर्न एमाले र काँग्रेस मिलेर सरकार सञ्चालन गरेको बताए ।
उपाध्यक्ष विमल योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव निमु संगम घर्तीले गरेका थिए ।
तपाईंको प्रतिक्रिया