एमाले तुलसीपुरले गणतन्त्र दिवस मनाउदै
तुलसीपुर । गणतन्त्र दिवश नेकपा एमालेले भव्यताका साथ मनाउन लागेको छ । तुलसीपुर नगर कमिटिले अन्र्तक्रिया कार्यक्रम गरि दिवश मनाउन लागेको हो । भोली जेठ १५ गतेका दिन परेको गणतन्त्र दिवश सबै पालिका कमिटीमा मनाउने पार्टी केन्द्रको निर्णय अनुसार नेकपा एमाले तुलसीपुर नगर कमिटीको आयोजनामा अन्र्तक्रिया कार्यक्रको आयोजना गरेको नगर अध्यक्ष रुप बहादुर खत्रीले जानकारी दिए ।
तुलसीपुर पार्टी कार्यालयमा विहान ११ बजे कार्यक्रम हुने अध्यक्ष खत्रीले बताएका छन । यसैविच कार्यक्रममा उपस्थितिका लागि पार्टी नेतृत्व, पार्टीका सम्पूर्ण संगठित सदस्य,शुभेच्छुक लगायत सम्पुर्णमा अध्यक्ष रुप बहादुर खत्री र सचिव जित बहादुर खड्काले विज्ञप्ती जारी गरी सबैमा अपिल गरेका छन ।
राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा गणतन्त्र दिवस मनाइने गरीन्छ । जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।




तपाईंको प्रतिक्रिया