पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध

 असार ०६, २०८२

सल्यान । सल्यान र दाङ जिल्लाको सिमाना चोरखोलामा पहिरो जाँदा राप्ती राजमार्ग अवरुद्ध भएको छ । राप्ती राजमार्ग अन्तर्गत कपुरकोट –दाङ सडकखण्डको कपुरकोट गाउँपालिका ३ चोरखोलामा अविरल वर्षासँगै आएको पहिराले राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।

बिहिबार राती झन्डै १० बजेदेखि झरेको पहिरो झर्ने क्रममा नरोकिएको कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनु भयो । शुक्रबार बिहान ६ बजेदेखि बाटो खोल्ने कार्य जारी रहेता पनि वर्षाका कारण पहिरो झरि रहेकाले समस्या भएको उहाँको भनाई छ । पहिरो रोकिएमा झरेको पहिरो हटाएर सडक सूचारु गर्द दुई तीन घण्टा लाग्ने उहाँको भनाई छ । सडक विभागको मेसिनले पहिरो हटाउने कार्य भइरहेको पुनले बताउनु भयो ।

FILE PHOTO

तपाईंको प्रतिक्रिया