सगरमाथा स्कुलद्धारा लागु औषधबारे सचेतना

 असार १२, २०८२

तुलसीपुर । तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा इङ्लिस स्कुलले विश्व लागू पदार्थ ओसारपसार विरुद्धको दिवस आज नयाँ पाइला पुनस्थापना केन्द्र तुल्सीपुर १९ बिजौरी हाडेमेमा गएर अन्तरक्रिया गरेर मनाएको छ । नयाँ पाइला पुनस्थापना केन्द्र तुलसीपुरका कार्यकारी निर्देशक सुरेश भुसालले अहिले युवा पिढीहरु लागू औषध दुरुपयोग र अवैध ओसारपसारको सिकार भइरहेको हुदा सचेत हुनुपर्ने बताएका थिए ।

विद्यार्थीलाई लागू औषध दुरुपयोग भनेको के हो ? यसबाट बच्न के गर्नुपर्छ ? यसका प्रभावहरुको बारेमा पनि जानकारी दिएका थिए । अहिले धेरै युवाहरू मानसिक तनाव, पारिवारिक, आर्थिक, साथी संँगतको कारणले गर्दा पनि लागू औषधमा परिरहेको बताएका थिए । नयाँ पाइला पुर्नस्थापना केन्द्रले स्थापना काल देखि हाल सम्म  १ हजार ४ सय ८३ जना पुरुषला  उपचार गरिसकेको जानकारी दिईएको थियो ।

विद्यार्थीहरु लागू औषधमा फसेमा उनीहरूले जीवनमा आउने चुनौती सङ्ग सामना गर्ने सक्ने आट र साहस नहुने भएको हुदा उनीहरूलाई समयमै सचेत बनाउनको लागि उक्त स्थानमा लगेर अन्तरक्रिया गरिएको हो। त्यस अवसरमा विद्यालयका शिक्षकहरु तिलक डिसी,शरद शर्मा मज्गैया लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया