योगा तथा जुम्वा समुहद्धारा तीजको नाचगान हुने स्थलमा सरसफाई

 भदौ ०९, २०८२

उरहरी । तुलसीपुर – ११ मा सञ्चालित श्वास्थ्यको लागि नियमित योगा, जुम्वा डान्स तथा मोर्निङ वाक कार्यक्रम अन्र्तगतको समुहले आज सरसफाई गरेको छ । हरितालिका तीजको अवसरमा महिलाहरु भेला भई नाचगान हुने स्थल ११ नम्बर वडा कार्यालय परीसरमा सरसफाई गरिएको जुम्वा डान्सका सदस्य नेत्रमणि परीयारले जानकारी दिए ।

तीजको नाचगानलाई थप व्यवस्थित गर्न जुम्वा समुहलाई सरसफाई गर्न वडाध्यक्ष मान बहादुर रावतले आग्रह गरेका थिए । सोहि अनुसार आफ्नो नियमित योगा तथा जुम्बा डान्स सम्पन्न गरेर उक्त टोली सरसफाई कार्यमा सहभागी भएको परीयारले जानकारी दिए । त्यहा तीजको दिन लोक संस्कृती जगेर्ना गर्न मादल, बासुरी र पुराना तीजका भाकामा नाचगान गर्ने तयारी छ ।

 

तपाईंको प्रतिक्रिया