खानेपानी व्यवस्थापनमा चासाे दिनुस् : नगर प्रमुख खड्का
बिजाैरी । तुलसीपुर उपमहानगरपालिकाका वडा नम्बर १६,१७,१८ र १९ मा खानेपानी वितरण गर्दै आएकाे बेलझुण्डी खानेपानी संस्थाले वितरण गर्ने पानी ५० वर्षका लागि पर्याप्त रहेकाे छ । संस्थाले आयाेजना सम्पन्न गर्नका लागि सहयाेग गर्नेहरूका लागि सम्मान कार्यक्रममा बाेल्दै नगर प्रमुख टीकाराम खड्काले मुहानकाे पानी पर्याप्त रहेकाले त्यसलाई व्यवस्थापनमा विशेेष चासाे दिनुपर्ने बताउनुभयाे । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका खड्काले धारा वितरणमा पहिलाे प्राथमिकता दिनुपर्ने बताउनुभयाे ।
बेलझुण्डी खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे आयाेजनामा सम्मान कार्यक्रम सम्पन्न भएकाे हाे । संस्थाका अध्यक्ष प्रदीप गाैतमकाे अध्यक्षता एवम् नगर प्रमुख टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा वडा न १८ का वडाध्यक्ष एवम् नगर प्रवक्ता माधव वली, वडा न १९ वडाध्यक्ष प्रेमनाथ याेगी, खानेपानी संस्थाका पूर्व अध्यक्ष प्राध्यापक ईश्वर पाेखरेल, बिजाैरी उद्याेग वाणिज्य संघका सदस्य ओमकार सुवेदी, नेपाल रेडक्रस साेसाइटी बिजाैरी उपशाखाका सभापति बालकृष्ण रेग्मी, संस्थाका निवर्तमान सदस्य देवा नेपाली लगायतका वक्ताहरूले खानेपानी पर्याप्त भएपनि व्यवस्थापनका साथ वितरण गर्नुपर्ने बताउनुभयाे ।
कार्यक्रममा आयाेजना सम्पन्न गर्न अतुलननीय याेगदान दिनुहुने संस्थाका पूर्व सदस्यहरू धनमाया वली,विश्रामी चाैधरी, शुकबहादुर बस्नेत,पुष्कर रावत,चन्द्रा वली,इन्द्रबहादुर बस्नेत,रूद्रराज पाण्डे,तिलबहादुर खड्कालाई सम्मान गरिएकाे थियाे ।
संस्थाका उपाध्यक्ष मनकुमारी महतकाे स्वागत मन्तव्यबाट सुुरू भएकाे कार्यक्रमकाे सञ्चालन सचिव मुकेश वलीले गर्नुभएकाे थियाे ।




तपाईंको प्रतिक्रिया