प्रदेशसभा सदस्य पुनकाे अन्त्येष्टि
काठमाडौँ । लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुनको अन्त्येष्टि गरिएको छ । आइतबार पशुपतिस्थित आर्यघाटमा सांसद पुनको अन्त्येष्टि गरिएको हो । पुनको पार्थिव शरीरमा लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएका थिए। त्यस्तै, नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
पुनको शनिबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन सेन्टरमा निधन भएको थियो । पूर्वी रुकुम तकसेरा निवासी पुनलाई केही दिनअघि स्वास्थ्य समस्या देखिएपछि काठमाडौँ ल्याइएको थियो । अस्पतालमा एकैपटक दुईवटा ठूलो शल्यक्रिया गरिएको थियो । पहिलो अपरेशनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनमार्फत उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो ।
उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।




तपाईंको प्रतिक्रिया